मौसमः पहाडी भू-भागमा बदली, तराईमा बाक्लो हुस्सु/कुहिरो

पुस ०८, काठमाडौं । हाल तराईका भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । हुस्सु/कुहिरोले हुने चिसोको प्रभावबाट बच्न मौसम अनुमान शाखाले अनुरोध गरेको छ । 

देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकि भू-भागमा सामान्यतया सफा रहेको मौसम अनुमान शाखाले जानएको छ।  

आगामी तीन दिनको मौसम पूर्वानुमान   

null

पौष ८  गते (मंगलवार) 

दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। 

राती: देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ। 

पौष ९ गते (बुधवार) 

दिउँसो: देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहनेछ। 

राती: देशभर  सामान्यतया मौसम सफा रहनेछ। 

पौष १०  गते (बिहिवार) 

दिउँसो:देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। 

राती: देशको मध्य तथा पूर्वी भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =