नेकपा सचिवालय बैठकले तय गरे स्थायी समिति बैठकका लागि ५ एजेण्डा

मंसिर २९, काठमाडौँ । आईतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले  स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ । 

आज बिहान बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीकै अर्का अध्यक्ष  पुष्पकमल दाहालको उपस्थितीमा भएको छलफलले पाँच एजेन्डा तय गरिएको हो ।   

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको यस  बैठकले एक वर्षपछि  आज दिउँसो १ बजे  बस्न लागेको  स्थायी कमिटिको बैठकमा सचिवालय बैठकले पेश गर्न लागेको   एजेन्डा तय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ले जनाएका छन् ।   

Image result for (नेकपा) को सचिवालय बैठक

अब बस्ने बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटिको अर्को बैठकको विषयमा, नेपाल भारत सीमा समस्या, विविध जस्ता एजेन्डा तय भएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *