नेपाल बंगलादेश बैंकद्धारा प्रभातफेरी कार्यक्रम

पुस १३, काठमाडौँ ।  नेपाल बंगलादेश बैंकले शनिबार प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।  यस बैंकले  कमलादी, काठमाडौँ स्थित आफ्नो प्रधान कार्यालयबाट  वित्तीय साक्षरताको नारा  लिई प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।   

कार्यक्रममा बैंकका काठमाडौँ उपत्यका भित्र रहेका २१ वटा शाखाहरु र प्रधान कार्यालयबाट कुल ३५० कर्मचारीहरु सहभागी भएका थिए । 

बिहान ८ः३० बजे सुरु भएको प्रभातफेरी कार्यक्रम बैंकको प्रधान कार्यालयबाट शुरू भइ शहिद गेट, न्यु रोड गेट, जुद्ध शालिक भइ इन्द्र चोक, असन बजार, जमल, दरबार मार्ग हुँदै पुनः प्रधान कार्यालयमा पुगेर समापन भएको थियो । 

Image result for नेपाल बंगलादेश बैंक

कार्यक्रममा कर्मचारीहरुले वित्तीय साक्षरताको नारा लेखिएका प्लेकार्डहरु लिई प्रभातफेरी कार्यक्रममा सहभागी भएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले वित्तीय साक्षरताको महत्व, बचत गर्नुको फाइदा लगायत बैंकिंग कारोबारका फाइदाहरुको बारेमा जानकारी गराए । 

उनले यस्ता कार्यक्रमले साधारण जनमानसमा वित्तीय साक्षरता बारे आवश्यक जानकारी प्रवाह हुने र बैंकिंग कारोबारमा चुस्तता आउने बताए ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =