तेक्वान्दो प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान

पुस १२, विराटनगर ।  २१ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गरिएको छ । रामेछापको खाँठादेवी गाँउपालिका ७ मा गत मंसिर २८ गतेदेखि ३० गतेसम्म २१ औँ राष्ट्रिय सिनियर आईटिफ तेक्वान्दो प्रतियोगितामा भाग लिएका खेलाडीलाई सम्मान गरिएको हो ।   

प्रदेश १ आईटिएफ तेक्वान्दो संघले विराटनगरमा आज शनिबार आयोजना गरेको कार्यक्रममा तेक्वान्दो खेलाडीहरुलाई प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सम्मान गरे ।   

प्रतियोगितामा प्रदेश १ बाट २६ जना खेलाडीहरुले सहभागीता जनाएका थिए भने प्रदेश १ बाट सहभागी भएका २१ जना खेलाडीहरुले मेडल जित्न सफल भएका थिए । मेडल जित्न सफल खेलाडीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको संघका अध्यक्ष प्रविण कुमार कार्कीले बताए ।   

प्रतियोगितामा एकल स्पायरिङ पुरुष, महिला र सेल्फ डिफेन्ड पुरुष र महिला गरि पाँचवटा विधामा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा प्रदेश १ ले तीन वटा विधामा स्वर्ण, दुई विधामा रजत र चारवटा विधामा कास्य पदक हासिल गरेको थियो । 

प्रतियोगिताको ग्रुप स्पायरिङको पुरुष विधामा भुवन मगर, दिलन राई, बीरबहादुर तामाङ, हिराधन राई र सुरज चौधरीले स्वर्ण पदक प्राप्त गरेका थिए । पुरुष एक स्पायरिङ तर्फ रोशन मगरले ८० केजी माथिको तौल समुहमा र आशिष मगरले ६०–६५ केजी तौल समुहमा स्वर्ण पदक प्राप्त गरेका थिए ।   

महिला एकल प्याटन ब्ल्याक बेल्ट फष्ट डान तर्फ केरिसा आचार्यले स्वर्ण पदक प्राप्त गरेकी थिइन् । भने, पुरुष ग्रुप प्याटन तर्फ संगित राई, आशिष तामाङ, अभय राई, मिसन श्रेष्ठ विक्रम श्रेष्ठले रजत पदक प्राप्त गरेका थिए । प्रतियोगितामा महिला ग्रुप स्पायारिङ तर्फ अमिसा तामाङ, भावन तामाङ, विपना राई, श्रद्धा आचार्य र रोमिला राईले रजत पदक प्राप्त गरेका थिए । 

पुरुष एकल स्पायरिङ विधामा निशान खत्रीले ६५–७० केजी समुहमा र लोप्सन शेर्पाले ५०–५५ केजी तौल समुहमा कास्य पदक प्राप्त गरेका थिए । त्यस्तैगरी महिला एकल स्पायरिङ तर्फ भावना तामाङले ६५–७० केजी तौल समुहमा कास्य पदक प्राप्त गरेकी थिइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =