चितवनमा जनगणनाको तयारी सुरु

पुष १४ चितवन । वि.सं. २०७८ सालमा सुरु हुने जनगणनाको पूर्व तयारी जिल्ला तथ्याङक कार्यलय चितवनले सुरु गरेको छ । प्रत्येक १०/१० वर्षमा हुने जनगणनालाई विगतमा संकलन गरिने तथ्यांकभन्दा यस पटक संकलन गरिने तथ्यांकको दायरा फराकिलो बनाउन लागिएको छ ।   

जिल्लाको जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, बृद्ध, बालबालिका र युवा, घरको अवस्था र प्रयोग गरेको जग्गा, शिक्षा, प्रजनन् दर, अपांगता, बसाईसराई लगाएतको बास्तिबिकता कस्तो छ भन्ने यतार्थ बिवरण संकलनकोलागि पुर्व तयारी गरिएको तथ्याङक कार्यलय चितवनका प्रमुख यज्ञमुर्ती भण्डारीले सोमवार खैरहनीमा आयोजित जिल्लास्तरीय गोष्ठीमा बताए ।   

प्रत्येक १० बर्षमा गरिने जनगणनाका आधारमा आउने तथ्याङ्कमा देशको निति निर्माण तथा बिकास निर्माण निर्देशित हुने भएकाले हरेक नागरिक समक्ष जनगणनाको महत्व दर्शाउन पूर्व तयारी सुरु गरिएको हो । जिल्ला तथ्याङ कार्यलय चितवनले पहिलो चरणमा चितवन नवलपुर र नवलपरासीमा जनप्रतिनिधि पत्रकार राजनितिककर्मी लगाएत कर्मचारीहरुसँग अन्तरक्रिया गरेको छ ।   

जिल्लामा रहेको प्रत्येक नागरिकका लागि जनगणना महत्वपूर्ण हुने भएकाले प्रत्येक पालिकामा कार्यलय स्थापना गरेर काम सुरु गरिने जिल्ला तथ्याङ्क कार्यलय चितवनका सुपरिवेक्षक ईन्द्र बिलाश कोईरालाले बताए । तथ्यांक संकलनमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग गरिने छ । देश संघीयतामा गई सकेकोले माथिदेखि तल्लो निकायसम्मलाई आवश्यक पर्ने सम्पूर्ण तथ्यांक तहगत रुपमा समेटिने गरी तथ्यांक संकलन गर्ने प्रयास भईरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए ।   

सहि तथ्यांकको अभावमा नगर भित्रका योजना निर्माण गर्न भएका असहजता अन्त्य हुने उनको विश्वास छ । तथ्यांक संकलनपछि गरिबीका दरहरु, मानव विकास सूचांकका सूचकहरु, बहुआयायिमक गरिबी सूचांक, रोजगारी तथा बेरोजगारी दरहरु, कुपोषण, गर्भनिरोधको साधन प्रयोग दर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरण सम्बधी सूचकहरु जानकारी लिन सकिने छ ।   

प्रमुख जिल्ला अधिकारी भट्टको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया लगायत पूर्वी चितवनका चार वटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु,वडाध्यक्षहरु,प्राध्यापक,पत्रकारहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + two =