मोटरसाइकल र एम्बुलेन्स एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते
२०७६ मंसिर २३ गते

मंसिर २३, सिरहा । सिरहामा मोटरसाइकल र एम्बुलेन्स एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको स६प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स१च ६९३ नम्बरको एम्बुलेन्स एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिरहा नगरपालिका १२ सारस्वरका ३५ वर्षीय विष्णु महरा र २४ वर्षीय राकेश मण्डल रहेका छन् ।
घाइते एक जनाको उपचार भइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारले जनाएको छ ।
२०७६ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








