कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. थापा

पुस १०, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. निरेश थापा नियुक्त भएका छन् । 

प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. थापालाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन् ।   

मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले डा. निरेश थापासहित तीन जनाको नाम सिफारिस गरेका थिए । डा. थापासँगै प्रा.डा. भरतमणि पोखरेल र प्रा.डा. बद्री प्रसाद बडु सिफारिस भएका थिए । 

सैनामैना ६ रुपन्देहीका डा। थापा विसं २०७१/०७२ सालदेखि प्रतिष्ठानमा कार्यरत रहेका छन् । उनी प्रतिष्ठानका एशोसियट प्रोफेसर हुन् । उनले चीनको हुवान विश्वविद्यालयबाट गाईनोकोलोजी, अन्कोलोजीमा विद्यावारिधि गरेका छन् ।   

प्रतिष्ठानमा विसं २०७२ सालमा महावैपाथर खोलाका जनकबहादुर शाहीको पेटबाट चारवटा फलामका राला (घण्टको डण्डा) को चमत्कारिक अप्रेशन गरेपछि उनी चर्चामा आएका थिए ।   

डा. थापाको राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी १५ जर्नलमा अध्ययन तथा अनुसन्धान सम्बन्धी लेख प्रकाशित छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =