आज स्वर्गीय राजा वीरेन्द्रको ७५ औ जन्मदिन, यस्तो छ उनको जीवनी

पुस १४, काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती आज मनाइँदैछ । नेपालीहरुले आज देशभर विभिन्न कार्यक्रम गरी राजा शाहलाई सम्झदैँछन् । राजा वीरेन्द्र नेपालको शाह वंशीय राजाहरु मध्यका देश भक्त र जनप्रिय राजा हुन् ।
राजा महेन्द्रको जेष्ठ पुत्रको रुपमा जन्मिएका राजा वीरेन्द्रले पिताकाे शासनकालको राम्रै अनुभव पाएका थिए । राजा वीरेन्द्र वीर विक्रम शाह वि.स. नेपालका दशौं शाहवंशीय राजा थिए । शाहले वि.सं. २०२८ देखि वि.स. २०५८ जेठ १८ गतेसम्म नेपालको शासन गरेका थिए ।
वीरेन्द्रको जन्म वि.सं.२००२ साल पुष १४ गते भएको थियो । उनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो । माध्यामिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि उनले बेलायतको इटन कलेजमा पढेका थिए । पछि जापान तथा अमेरिकामा पनि उनले थप अध्ययन गरेका थिए । वीरेन्द्रको विवाह वि.स. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो ।

राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेका थिए । राजा वीरेन्द्रकै समयमा वि.सं.२०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक वि.स.२०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो ।
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढंगले वि.स. २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरवारभित्र भएको थियो ।








