नेपाल बंगलादेश बैंकद्धारा अनाथ अपाङ्ग आश्रयलाई सहयोग

पुस ४, काठमाडौँ ।  नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिहिबार एक आश्रयलाई  कम्बल हस्तान्तरण गरेको छ ।   

 यस बैंकले कागेश्वरी, मनहरा – ६, काठमाडौँ स्थित अनाथ अपाङ्ग आश्रय नेपाललाई ३५ ओटा जाडोको कम्बल हस्तान्तरण गरेको हो  ।   

बैंकले सो अनाथालयमा अनाथ तथा अपाङ्ग बालबालिकाहरुलाई हालको चिसो मौसममा अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्यांकेट वितरण गरेको थियो । बैंकका संचालक  मुकुन्द नाथ ढुंगेलले सो अनाथ आश्रयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गरेका हुन् ।  

सो अवसरमा सो संस्थाका अध्यक्ष्य गोपल बहादुर कार्कीले सो सहयोगका लागि धन्यबाद ज्ञापन गरे । साथै बैंकका संचालक ढुंगेलले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैं बैंकले आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =