अल्फाविटाका सञ्चालक द्विराज शर्मा शिवाकोटीको प्रष्टिकरण

पुस ३, काठमाडौं । अल्फाविटा इष्टिच्युटका सञ्चालक द्विराज शर्मा शिवाकोटीले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) फुटाउन आफ्नो कुनै हात नरहेको बताएका छन् ।   

मकालु खबरमा गत मंसिर १८ गते प्रकाशित समाचार प्रति खण्डन पठाउँदै शर्माले आइडीपी ल्याउन र इक्यान फुटाउन आफ्नो संलग्नता नरहेको जिकिर गरेका हुन् ।   

उनले मकालु खबरलाई पत्र लेख्दै आफ्नो र आफ्नो कम्पनीलाई आधारहिन आरोप लगाइएको दावि गरेका छन् । शर्माद्वारा हस्ताक्षरित पत्रमा प्रकाशित समाचारले आफ्नो र कम्पनीको मानमर्दन गरेको बताउँदै समाचारमा सत्यता नभएको बताएका छन् ।   

मकालु खबरले गत मंसिर १८ गते ‘ शक्ति केन्द्रको आडमा शैक्षिक क्षेत्रमा द्विराज शर्माको मनपरी, आइडीपी ल्याउनै फुटाइयो इक्यान’ शिर्षकमा समाचार प्रकाशित भएको थियो ।   

उक्त समाचारमा नेपालमा शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी भित्र्याउन शर्मा लगायत केहि ब्यक्तिहरु राजनीतिक शक्ति केन्द्रसम्म पुगेको उल्लेख गरिएको थियो । सो सम्बन्धमा समेत शर्माले खण्डन ब्यक्त गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =