प्रहरीलाई घुस दिन खोज्ने अम्बेया खातुन परे अख्तियारकाे फन्दामा
२०७६ पुस १२ गते

पुस १२, पर्सा । प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैयाका अम्बेया खातुन पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अम्बेया खातुनलाई पक्राउ गरेको हो ।
वीरगञ्जबाट हेटौँडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई रु २८ हजार घुस दिन खोजेको आरोप लागेको छ ।
खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले आज जनाएको छ । आयोगले घुस रकमसहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।-रासस
२०७६ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








