घ्याम्पे डाँडामा निर्माण हुन लागेको द ग्राण्ड गुण्डु रिसोर्टको शिलान्यास

पुस ७, भक्तपुर । सूर्यविनायक नगरपालिका-७ घ्याम्पे डाँडामा निर्माण हुन लागेको ‘द ग्राण्ड गुण्डु रिसोर्ट’को शिलन्यास गरिएको छ ।   

३७ करोड रुपैयाको लागतमा निर्माण हुन लागेको रिसोर्टका अध्यक्ष बिज्ञान राईले १८ जना व्यवसायीको सामुहिक लगानीबाट ५२ रोपनी क्षेत्रफलमा अत्याधुकिन सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको बताए ।   

शिलन्यास कार्यक्रममा अध्यक्ष राईले ‘सात तले भवनमा ४४ वटा सुविधासम्पन्न कोठा, करिब २०० जना अट्ने क्षमताको सेमिनार हल, ५०० जनासम्म अट्ने बैंक्वैट, स्वीमिङ्ग पुल, स्पा, व्यायाम कक्ष, बाल उद्यान, शैक्षिक अनुसन्धान केन्द्र, साहसिक गेमहरुको सपोर्ट,  पिकनिक स्पोर्टस्, २०० सवारी साधन अट्ने पार्किङ्ग लगायतका संंरचना निर्माण हुन्छ ।” भनेका छन् । 

null

सोही कार्यक्रममा सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत बोल्दै यो क्षेत्र उपत्यका कै उत्कृष्ठ पर्यटक गन्तव्य बन्ने बताएका छन् । उनले यस क्षेत्रमा प्याराग्लाईडिङ्ग, बन्जी जम्प, जिप लाईन संचालनमा आउने तयारी रहेको र पर्यापर्यटन, पदमार्ग, शिवमार्ग निर्माण सुरु भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएकोे बताए ।  उनले पर्यटन व्यवसायीलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गर्दै नगरपालिकाले व्यवसायीलाई करमा आवश्यक छुट दिने र सहजता गराउन आफूले पहल गर्ने बताए ।   

नेपाल सरकार पर्यटन मन्त्रालयले पर्यटकीय क्षेत्र घोषणा गरेपछि सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को ऐतिहासिक रानीकोट गढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नगरकोट र धुलिखेलपछिको अर्को ठूलो पर्यटकीय क्षेत्रको रुपमा विकास भएको यो क्षेत्रमा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =