आफ्नै सभापतिको आलोचना गरेर काेही पनि प्रतिष्ठित बन्न सक्दैनः पूर्व उपाध्यक्ष शाह

पुस १३, काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीभित्र अतिवादी कुरा कसैले नगर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको पछिल्लो बिवादको बारेमा सामाजिक सञ्जाल फेसबुक मार्फत् टिप्पणी गर्दै पूर्व उपाध्यक्ष शाहले नेपाली कांग्रेसको भविष्य संकटग्रस्त हुँदै गइरहेका कारण सबै कांग्रेसजन संवेदनशील बन्न आवश्यक रहेको शाहले बताए ।
उनले आफ्नै सभापतिको चर्को आलोचना गरेर कोही पनि समाजमा प्रतिष्ठित नेता वा असल कार्यकर्ता बन्ने नसक्ने पनि बताए । पुर्व उपाध्यक्ष शाहले गरेको टिप्पणी यस्तो छः

अतिवादी कुरा कसैले नगरौ !
पक्ष र विपक्षमा आफ्ना अभिब्यक्तिहरूलाई सबैले बन्द गरौँ !!
नेपाली कांग्रेसको भविष्य संकटग्रस्त हुदै गई रहेको छ त्यसैले सबै कांग्रेसजन संबेदनशील बन्न आबस्यक छ १ नेपाली कांग्रेसको भविष्य , लोकतान्त्रिक परिपाटी र देशको समृद्धिको लागी सबल र बलियो कांग्रेस आवश्यक छ ! त्यसको लागी नेपाली कांग्रेस भित्र बृहत् एकता आबस्यक छ १ पार्टी भित्र बढ़ेको आन्तरिक द्वन्द समाधानको लागी भविष्य बोकेका यूवाहरुको पहलकदमी आवश्यक छ !
हिजो आदरणीय नेता रामचन्द्र पौडेल स्वयं मध्यमार्गी छबि बोकेको नेता हुनुहुँथ्यो ! आज परिस्थितिले उहाँलाई एक कित्ताको नेता बनाएको छ ! हामीले बिर्सिन हुदैन उहाँ पार्टीको बरिस्ठ नेता हो ! अर्को कुरा आफनै सभापतिको चर्को आलोचना गरेर कोहि पनि समाजमा प्रतिष्ठित नेता वा असल कार्यकर्ता बन्ने नैतिक बल रहदैन !
त्यसैले नेपाली कांग्रेसमा जिबन समर्पित गरेका जवानी अर्पित गरेका , समाज परिवर्तनको लागी सुख सयल त्याग गरेका सम्पूर्ण सम्मानित ब्यक्तित्वहरूमा म अपिल गर्न चाहंछु कांग्रेस भित्रको समस्याको समाधान कांग्रेसले नै खोज्ने हो !
मेरो बिचार संग सहमत सबै अग्रज तथा समकालीन साथीहरू र बिध्यार्थी साथीहरूलाई संयमित भएर सघन छलफलको पहल कदमी लीनका लागी १ कांग्रेस भित्र मध्यमार्ग खोज्नका लागी अपिल गर्द्छु !
जय होस नेपालको ! जय होस कांग्रेसको !! जय नेपाल !!!








