प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज, पछिल्लो उपचारमा साढे दुई लाख खर्च, जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग गरेन, भाँडियो न्यायाधीस सिफारिस

मंसिर २०, काठमाडौँ । राजधानी काठमाडौँबाट आज प्रकाशन भएका पत्रपत्रिकाहरुले विभिन्न विषयलाई आजको प्रमुख समाचारका रुपमा फ्रन्ट पेजमा छापेका छन । आजको अधिकांश पत्रपत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका विषयलाई आजको सबै जसो पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।
त्यसैगरी अधिकांश पत्रपत्रिकाले सागमा पौडीमा नेपाललाई स्वर्ण प्राप्त भएको समाचार प्राथमिकताका साथ छापेका छन् । आजको गोरखापत्र दैनिकले प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज शीर्षकमा समाचार छापेको छ भने नेपाल समाचार पत्रले प्रधानमन्त्री ओलीको पछिल्लो उपचारमा साढे दुई लाख खर्च शीर्षकमा समाचार छापिएको छ ।
आजको नयाँ पत्रिका दैनिकले जापानले बनाइदिएको सय बेडको भवन वीरले प्रयोग गरेन, बिरामी निजी अस्पताल जान बाध्य शीर्षकमा समाचार छापेको छ । त्यस्तै आजको अन्नपूर्ण पोस्टले भाँडियो न्यायाधीस सिफारिस शीर्षकमा प्रमुख समाचार छापेको छ ।

पत्रपत्रिकाको फ्रन्ट पेज तस्बिरमा








