प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा, सभामुखबारे होला त सहमति ?

पुष १५, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल चलिरहेको छ ।   

सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । 

आईतबार बसेको नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि संसदमा यसलाई छलफलमा लैजाको कुरा भएको थियो । नेताहरूले दुई अध्यक्षबीच पहिले छलफल भएर एउटै नाम सचिवालय बैठकमा पेस गर्न सुझाव दिएको नेकपाका एक नेताले बताए । 

अध्यक्ष प्रचण्ड पार्टी एकताअघि नै सभामुख पद तत्कालीन माओवादीको भागमा परेकाले अब कसलाई सभामुख बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडानमा छन् । उनले पूर्व एमालेले राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षजस्ता पद पाइसकेकाले सभामुखमा आफूले प्रस्ताव गरेको व्यक्ति हुनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री ओलीले यसबारे केही नबोले पनि उनी निकट नेताहरूले  सुवास नेम्वाङको विकल्प खोज्न नहुने बताइरहेका छन् ।   

नेकपा अध्यक्ष प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाडन् दबाव छ । पूर्वमाओवादीबाट अग्नि सापकोटाको मुख्य दाबेदारी रहेको देखिन्छ भने ओनसरी घर्ती, देव गुरुङ, पम्फा भुसाललगायत पनि सभामुखका दाबेदार हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =