तेलङ्गना डाक्टर बलात्कार र हत्याकाण्ड : चार आरोपी प्रहरी इन्काउन्टरमा मारिए

मंसिर २०, काठमाडौं । भारतको तेलङ्गनामा डाक्टरको बलात्कारपछि हत्या गरेका चार आरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रहरीका अनुसार ओरोपीलाई त्यही अन्डरब्रिजमा पुर्याइएको थियो जहाँ डाक्टरलाई पेट्रोल खन्याएर जलाएका थिए । 

उनीहरुलाई त्यस दिन घटना कसरी गराइएको थियो भनेर सोधपुछ गरिएको थियो । त्यही क्रममा उनीहरु भाग्न थाले । त्यसपछि पुलिसले गोली चलाउनु पर्यो जसका कारण चारैजनाको मृत्यु भएको प्रहरीले बताएको छ ।  उनीहरुले प्रहरीको साथमा रहेको हतियार खोसेर भाग्न खोजेका थिए, त्यसैले जवाफी फायरिंगमा उनीहरु मारिएका हुन् । घटनामा २ प्रहरी जवान पनि घाईते भएको प्रहरीले जननाएको छ ।   

हैदराबादमा २७ नोभेम्बरमा स्कूटरको टायर पंक्चर भएपछि टोल प्लाजा नजिकै मद्दतको प्रतिक्षा गरिरहेकी २६ वर्षे पशुचिकित्सकको बलात्कारपछि हत्या गरिएको थियो । डाक्टरको जलेको शव घटनाको भोलिपल्ट बिहान भेटिएको थियो । पुलिसले यो मामलामा चार आरोपीलाई पक्राउ गरेको थियो । 

null

पक्राउ हुनेमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु थिए । आरिफको उमेर २६ वर्ष थियो भने अन्य आरोपी २० वर्षका थिए । यी सबै ट्रक चालक र सरसफाइकर्मी थिए । 

उनीहरुले रक्सी पिएपछि सात घण्टासम्म डाक्टरमाथि बलात्कार गरेको बताइएको छ । त्यसपछि पीडितलाई शादनगरको बाहिर इलाकामा जलाइएको थियो । चारैजना आरोपीलाई अदालतले १४ दिनका लागि  पठाइएको थियो । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *