मैलिक हक कुण्ठित हुने भन्दै ‘विशेष सेवासम्बन्धि विधेयक’ फिर्ता लिन कांग्रेसको माग

 मंसिर ३०, काठमाडौं । नेपाली कांग्रेसले नेपाल विशेष सेवाको गठन, सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।  कांग्रेसले नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने भन्दै यसलाई फिर्ता लिन माग गरेको छ । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गरी कांग्रेसले उक्त विधेयकले नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने, नागरिकका सूचना चुहावट हुने र गोपनीयता भंग गर्ने भएकाले संविधान प्रतिकुल भएको उल्लेख गरेका छन् । 

उनले संविधान प्रतिकुल र नागरिक स्वतन्त्रता र हित विपरीत हुने गरी विधेयक नल्याउन पनि सरकारलाई सचेत गराएको छ । 

सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विषय समेटेर विशेष सेवासम्बन्धी विधेयक ल्याएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =