छापाः १२२ चिनियाँ पक्राउ, लिन चार्टर्ड जहाज आउँदै, उपत्यकामा ठूला तालसहितका स्मार्ट सिटी, भारत सीमा समस्या समाधान गर्न तयार

पुस ०८, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।
गोरखा पत्रले ‘उपत्यकामा ठूला तालसहितका स्मार्ट सिटी बन्दै’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै ‘स्वास्थ्य बीमाबाट २५ लाख नागरिक लाभान्वित’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार’ भन्ने शिर्षकमा पनि गोरखा पत्रले नै समाचार छापेको छ ।
त्यस्तै, कान्तिपुर दैनिकले ‘लुम्बिनीमा यतिलाई होटल र प्लट’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै ‘भारतले पठायो पत्र, सीमा समस्या समाधान गर्न तयार’ भन्ने शिर्षकमा समाचार छापेको छ ।

त्यस्तै, राजधानी दैनिकले ‘जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतरा’ भन्ने शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले नै ‘अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै नेपालमा, एकै दिन १ सय २० जना पक्राउ’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।
भने, नयाँ पत्रिकाले ‘१२२ चिनियाँ पक्राउ, लिन चार्टर्ड जहाज आउँदै’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘लेखा समितिले माग्यो सम्झौताको कागजात’ भन्ने शीर्षकमा समाचार छापेको छ ।








