ट्रक र मोटरसाईकल एक आपसमा ठोक्कियो, एकको मृत्यु

पुस ९, महोत्तरी ।  बुधबार बिहान महोत्तरीमा  ट्रक र मोटरसाईकल एकआपसमा  ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना सख्त घाइते भएका छन् ।   

बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको  ग ६ प १७८९ नम्बरको स्पेण्डर  मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले काठमाण्डौं–सडक खण्डको विपी राजमार्गमा ठक्कर दिँदा उक्त दुर्घटना हुन पुगेको हो । 

प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० लङ्गुर खोलाका २५ वर्षीय सरोज तामाङको मृत्यु रहेका छन् । यस दुर्घटनामा परी सख्त घाइते भएका सिन्धुलीको तिनपाटन गाउँपालिका –१० लङ्गुर खोला घर भएका वर्ष २३ का कुमार खातीलाई भने उपचारको लागि काठमाण्डौं स्थिति ग्राण्डी अस्पतालमा ल्याईएको छ । 

Related image

हाल घटनाबारे थप अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =