आर्मीद्वारा हिमालयन शेर्पा पराजित

पुष ११, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ आजको जितसंगै आर्मीले तीन खेलबाट ६ अंक बटुलेको छ । आर्मीको यो दोस्रो जित हो ।   

सातदोवाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोलले हरायो ।   

आर्मीका लागि  कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले खेलको दोश्रो हाफमा गोल गरे । भरत म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =