यूनियन लाईफको दोस्रो साधारण सभा सम्पन्न

पुस ४, काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४/०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४/०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन मान ९ल्ँच्क्० बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
यसै गरी आ.ब. २०७५/०७६ का लागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अर्न्तगत भएका खर्चहरु समेत स्वीकृत गरियाे ।

साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरे । आइपिओ निष्काशनका लागि यस अघि २०७४/०७/१५ गते भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गर्याे । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउँने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष शुलभ अग्रवालले मन्तव्य राख्दै नयाँ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसा योग्य रहेको र आगामी दिन प्रभावकारी योजना सहित कम्पनीलाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने बताए ।
यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बीमा क्षेत्रमा यूनियन लाइफले गौरबमय उपस्थिती बनाउन सफल भएको जनाउदै कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराए ।








