सिटी सेन्टर विन्टर फेष्टमा ग्राहकलाई ८० प्रतिशत सम्मको छुट

पुस ८, काठमाडौँ । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ ।   

यस सेलमा ग्राहकलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।  यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकले विशेष छुटको लाभ लिन सक्ने बताईएको छ ।   

युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ ।   

अनुप्रस्थ, प्mयुजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्याण्डहरुको लाइभ प्रस्तुती विन्टर फेष्ट भरी जारी रहने सिटी सेन्टरले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =