धरानमा ख्रीष्टमस महोत्सवको अवसरमा साईकल र्यालीको आयोजना

पुष १, धरान । ईसाई समाजले हरेका बर्ष मनाईदै आएको ख्रीष्टमस महोत्सवलाई यस बर्ष खेलकुदको रुपमा पनि मनाउने भएको छ । ख्रीसमस युवा समाजको प्रयासमा यसपाली ख्रीष्मसलाई खेलकुदको माध्यम मध्येका एक साईकल र्यालीबाट पनि मनाईने भएको हो ।
जसका लागी ख्रीसमस युवा समाजले आफैं आयोजक रहि आउँदै गरेको पौष ५ गते शनिबार धरानमा बृहत साईकल र्याली गर्न लागेको हो । मंगलबार धरानमा पत्रकार सम्मेलन मार्फत सो कार्यक्रम गर्न लागेको ख्रीसमस युवा समाजका अध्यक्ष एक्लन मगरले जानकारी दिएका हुन् ।
हरेक बर्षको झैँ यस बर्ष पनि एक नयाँ कार्य गरेर ख्रीष्टमस महोत्सवलाई धुमधामका साथ मनाउने तयारी रहेको पनि उनले बताए ।

सो अवसरमा २ सय बढी साईकलमा धरानको भानुचौबाट र्याली निकालीने र रत्न रोड, पालिका बजार, निराजन बस्ती, बगरकोट, देउराली, महादेब चौक, हरियाली बन, घोष क्याम्प, रत्न चौक ,शान्ती चौक, सयपत्री चौक, जोर सखुवा, गाणेशमान चौक, अन्नपूर्ण लाईन, छाता चौक हुँदै पुनः भानुचौकमा नै पुगी समापन हुनेछ भने सो साईकल र्यालीमा ख्रीष्मस लेखेको टि-सर्ट तथा ख्रीष्समस टोपी समेत आयोजकले उपलब्ध गराउने कार्यक्रम सम्योजक प्रमोद पोर्तैलले जानकारी दिए ।
१० किलोमिटर लामो यात्राको सो साईकल र्याली समापन धरानको भानुचौकमा गरिने आयोजक ख्रीसमस युवा समाजले जनाएको छ ।
स्वस्थ्य तथा समाजिक कार्यलाई दृष्टीगत गरी गर्न लागेको सो र्यालीकले आवश्यक पर्ने व्याम साईकल यात्राले परिपुर्ति गर्ने युवा समाजको बुझाई छ । आफुहरुलाई सो अभियान सफल बनाउनका लागी बराह ज्वेलर्स, लगायतका संस्थाहरुले बिभिन्न सामाग्री र अन्य सहयोग गरेको समेत समाजका सचिव आकाश दर्नालले जानकारी दिए ।








