लागूऔषध बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ

मंसिर २२, काठमाडौँ । काठमाडौंमा लागूऔषध बनाउने रसायन सहित एक चिनियाँ नागरिक नागरिकलाई  पक्राउ गरिएको छ ।   

पक्राउ पर्नेमा चिनियाँ नागरिक झाङ चाओरहेको प्रहरीले जनाएको छ ।   

उनलाई शुक्रबार उक्त रसायन   नेपालबाट न्युजील्याण्डतर्फ लैजान लागेको अवस्थामा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोली पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार उनले निलो रङको कागजको डिब्बामा भित्र रंगीन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेममा फल्स बटम बनाई काठमाडौं महानगरपालिका १६ को एक कार्गोबाट ल्याएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित पक्राउ गरिएको हो ।   

उक्त रसायनको  नेपाली मूल्य २ लाख २५ हजार रुपैयाँ र न्युजील्याण्ड पठाउँदा ५० लाख रुपैयाँ बराबरको हुन आउने प्रहरी ले जनाएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =