वीरगञ्जमा उत्पादन गरिन्छ नक्कली घ्यू, सञ्चालकसहित ३ जना पक्राउ

पुस ७, काठमाडौं । नक्कली घ्यू उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा आइतबार वीरगञ्ज महानगरपालिका–१५ बाट सोही ठाउँ बस्ने ३३ वर्षीय अनिल श्रेष्ठ, ३७ वर्षीय रमेश श्रेष्ठ र भारत विहार मोतिहारी बस्ने २५ वर्षीय राम विलास यादवलाई नियन्त्रणमा लिएको हो ।
नक्कली घ्यु उत्पादन गर्ने उक्त सिद्धिबिनायक पूजा सामाग्री प्रोडक्टस उद्योग अनिल श्रेष्ठले सञ्चालन गरेका हुन् । त्यहाँ रसायन मिसावट गरी पूजा, दुर्गा र गोकुल शुद्द घ्यूको स्टिकर लगाई नक्कली घ्यू उत्पादन तथा बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धान तथा छानविनका क्रमाम प्रहरीले उक्त उद्योगबाट विभिन्न व्राण्डको ५२ कार्टुन घ्यू, डाल्टा घ्यू २९ कार्टुन तथा विभिन्न रसायन र भाँडाकुँडा र लेवल लगाउन प्रयोग हुने बिभिन्न ब्राण्डको स्टिकरहरु समेत बरामद गरेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








