नेपाललाई स्वर्ण दिलाएकी लिम्बू सम्मानित

पुस ७, धरान ।  नेपालको प्रतिनिधित्व गर्दै धरानकी सिना मादेन लिम्बूले नेपाललाई स्वर्ण पदक दिलाए पछिको खुशी साट्न उनका परिवार मात्रै होईन धरान वडा नं ५ झोरापाटी बासिन्दा नै खुसीले गद्गद् भएका छन ।   

सोही जितको खुसी साट्न  सोमबार धरान १५ बगरकोट स्थित होटल एम एचमा राखिएको स्वागत सम्मानमको क्रममा सो खुसी सबैसामु प्रस्ट देखिएको थियो । तत्कालीन धरान–८ निवासी र हालको धरान ५ निवासी मादेनले १७ देखि २३ वर्ष उमेर समूहमा तेक्वान्दो विधामा साग खेलकुदमा स्वर्ण पदक जितेकी हुन् ।   

उनले ८.१५० अङ्क जोड्दै स्वर्ण हात पारेकी हुन् । दक्षिण एसियाली खेलकुद सागमा  उनीसँग स्पर्धामा रहेकी भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जितेकी लिम्बूले बताइन् ।   

जीतको लागी उनलाई ईन्डोनेसियामा तयारी गरी नेपालमा खेल खेल्ने अबधिसम्म करिब एक महिनाको समय लागेको उनले सुनाईन ।  लिम्बूले तेक्वान्दोतर्फ दोस्रो र समग्रमा नेपालको लागि पाँचौ स्वर्ण पदक जितेकी हुन् ।   

भर्खर १९ वर्षमा प्रवेश गरेकी उनले तेक्वान्दो पुम्सेमा नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । धरानमा जन्मिएर हुर्किएकी मादेन ११ वर्षबाटै तेक्वान्दो विधामा लागेकी थिइन् ।   

बाबु नविन मादेन र आमा विष्णु मादेनको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी मादेन राष्ट्रिय खेलमा आवद्ध भएर बिभिन्न पदक जित्दै आएकी थिइन् ।   

तीन छोरी मध्ये तीनैजना खेलकुदमा आबद्ध रहेका छन् । दुई दिदीहरू रितु मादेन र रिचा मादेन राष्ट्रिय खेलाडी हुन भने बुबा स्वयम् पनि तेक्वानदोको राष्ट्रिय स्तरहरुको खेलमा मेडल प्राप्त गरिसकेका व्यक्ति हुन ।  उनका ज्वाई पनि नेपाली फुटबलका एक हस्ती नै हुन जसको नाम जुमानु राई हो ।   

हाल नविन मादेन तेक्वान्दो खेलका लागी आफै पनि प्रशिक्षक हुन् । धरानमा उनका बुबाले नै लिम्बूलाई तेक्वान्दोको बाटो हिँड्न प्रेरित गरेकाे स्वागत सम्मानको क्रममा सुनाइनन् । उनी भन्छीन् ‘मेरो सफलतामा मेरा परिवार र मेरा गुरुहरुको ठूलो हात छ मैले जीतेको मेलड र यो खुशी सारा धरान लगायतका नेपालीहरुमा सर्मपित छ । र  त्यही बाटोबाट उनले देशलाई स्वर्ण दिन सफल रहेको पनि सुनाईन् ।  

 कार्यक्रममा उनले भनिन्  ‘मेरो सपना नै थियो अन्तर्राष्ट्रिय पदक जित्ने’ उनले थपिन् ‘पदक जितेपछि एउटा सपना पूरा भएको छ ।’ । उनले प्लस टुसम्म धरानै पढेकी थिइन् ।  

त्यसपछि राष्ट्रिय खेलाडी बन्न काठमाडौं हान्निएकी हुन भने त्यहीबाट लिम्बूले खेललाई अझैँ परिस्कृत बनाउँदै लगिन् र पदक पनि जितिन् । उता उनका बुवाले पनि आफनी छोरीले राष्ट्रको लागी केही गरेकोले खुसी व्यक्त गर्दै राज्यले खेलाडीहरुलाई राम्रै गरेपनि यति मात्र नपुग्ने बताए । उनले  आफना छोरी धराने अन्य खेलाडीको लागि प्रेरणाको स्रोत बन्न सक्ने पनि बताए ।   

सोही सम्मान कार्यक्रममा उनकी आमा बिष्णु मादेन,धरानका बिभिन्न खेल जगतका खेलाडी तथा प्रशिक्षक र पत्रकाहरुको उपस्थिती रहेको थियो भने स्वागत गर्न धरान वडा नं ५ र १५ का लिम्बु समुदायका व्यक्तीत्वहरूकाे समुहले जातीय सांस्कृति झल्किने च्याब्रुङ बजाई स्वागत गरेका थिए  । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =