विज्ञप्ती जारी गर्दै उपेन्द्र यादवले दिए मन्त्री पदबाट राजीनामा

पुष ८, काठमाडौँ । सत्तासाझोदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार छाडेका छन् । उनले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् ।  यादवले मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए । 

संविधान संशोधनको लागि भन्दै सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनुपरेको बताउँदै आएको छ ।   

मन्त्री यादवले राजीनामा दिनुअघि सो पार्टीले मंगबालर नै संसदीय दलको बैठक बोलाइएको थियो ।  स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलोपटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका थिए ।   

मन्त्री यादवले संविधान संशोधान प्रस्ताव सिधै मन्त्रिपरिषद्मा लगेका थिए । तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिएपछि विवाद भएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =