‘मिस्टर नेपाल’को उपाधि सन्तोषको पोल्टामा

पुस ११, काठमाडौँ । २१ प्रतिस्पर्धीलाई उछिन्दै यो वर्षको  ‘मिष्टर नेपाल २०१९’को उपाधि सन्तोष उपाध्यायले आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।   

बिहिबार राती होटल अन्नपूर्णमा सम्पन्न गरिएको यस प्रतियोगितामा उनले ‘मिष्टर नेपाल २०१९’को उपाधि पाएसँगै मोष्ट ट्यालेन्ट र मोष्ट फोटोजेनिकको उपाधि समेत हात पारे । 

अछाम ओली गाउँका स्वस्थ्य पेसामा कार्यरत सन्तोषले उपाधिको साथमा मोटरबाइक, नगद २५ हजारका साथै बिभिन्न गिफ्ट ह्याम्पर पाएका छन् ।   

प्रतियोगितामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप भएका छन् भने प्रीन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप भए ।   

यस प्रतियोगिताको निर्णायकमा   कलाकार कृष्ण मल्ल, विज्ञानराज शर्मा, केदार कोइराला, कोरियोग्राफर महेश केसी, भरत ढकाल, हिमानी सुब्बा, हरि सिलवाल, मिष्टर नेपाल अक्षयजंग रायमाझी रहेका थिए ।   

काठमाडौ, पोखरा, बिराटनगर, चितवन, धरानलगायतका देशका प्रमुख शहरको अडिसनबाट छानिएका २२ प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङ, मेकअप, ड्रेसवेयर लगायत बिभिन्न बिषयको प्रशिक्षण सहित फाइनलमा उत्रिएका थिए । 

यस प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड ’लगायत बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । 

एक्सपोज नेपालको आयोजनामा सम्पन्न गरिएको यस प्रतियोगितामा विजेतालाई  एक्सपोज नेपालकी सीइओ अर्चना थापा, निर्देशकहरु रवीन्द्र श्रेष्ठ, प्रकाश पुन, सुशील पाण्डे लगायतले बिजेतालाई पुरस्कार प्रदान गरेका थिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =