कुखुराको खोरमुनि गोलीसहित अत्याधुनिक हतियार फेला परेपछि…

पुस ०७, सुनसरी । बराहक्षेत्र नगरपालिका–५ भरौलबाट तत्कालीन माओवादीले सेना समायोजनका बेला जमिनमुनि लुकाएर राखेको ठूलो परिमाणको गोलीसहित अत्याधुनिक हतियार फेला परेको छ।  

नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको टोलीले आइतबार माओवादी कार्यकर्ताको कुखुराको खोरबाट एक थान सर्ट मेसिन गन एसएमजी सहित गोली बरामद गरेको हो। 

भरौलका पूर्वमाओवादी कार्यकर्ता खेमराज प्रधानको कुखुराको खोरमुनि लुकाइएको एक थान सर्ट मेसिन गन र विभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ थान गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए।   

विशेष सुराकीका आधारमा सेनाले उक्त स्थानबाट हतियार बरामद गरेको हो। हतियार जमिनमुनि गाडेर राखेको चाल पाएपछि सुनसरीका सुरक्षा निकायका प्रमुखसहित सेनाको विशेष टोली हतियार बरामद गर्न भरौल पुगेको थियो। यो समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *