बिछट्टै राम्रो बर्जु ताल (फोटोफिचर)

पुष ११, बिराटनगर । तराइको फराकिलो फाँटमा सजिएको बिशाल अनि सुन्दर ताल । ताल वरीपरि सयौँ चराहरुको लुकामारी र चिरबिर आवाज । तालमा बोटिङ गर्नेहरुको भीड ।  आसपासमा पप्रेमिल जोडिहरुको प्रेमालाप । झट्ट हेर्दा लाग्छ यो एउटा सुन्दर प्रेमालय हो  । तर, यो प्रेमालय नभएर सुनसरीको बर्जु गाँउपालिकामा रहेको बर्जु तालको दृश्य हो ।   

यो ताल निकै मनमोहक छ । ताल हेर्न पुग्ने सबै पुलकित हुन्छन् ।  प्राकृतिक सौन्दर्यताले यो  ताल भरिपूर्ण छ ।  हेर्दा आकर्षक देखिने यो ताल पछिल्लो समयमा तराईका लागि गतिलो पर्यटकिय गन्तव्य बनेको छ । मानिसहरुको पिकनिक स्पोर्ट र प्रेमील जोडिका लागि डेटिङ स्पर्टका रुपमा ताल परिचित छ ।   

एक सय ५२ विगाहा क्षेत्रफलमा फैलीएको तालको दृश्यावलोकन गर्न दैनिक दर्जनौ पर्यटकहरु आउने गरेको ताल संरक्षण समितिका अध्यक्ष वालिम चौधरी बताउँछन् ।  ‘तालमा घुम्न आउने पर्यटकहरुको घुइचो लाग्ने गरेको छ,’ चौधरीले भने ‘विश्वमै दुर्लभ मानिएको चराहरु हेर्न पनि पर्यटकहरु आउने गरेका छन् ।’   

ताल आसपासमा एक सय नौ प्रकारका चराहरु हेर्न पाईन्छ । यहाँ आइपुग्ने पर्यटकहरु सन्तुष्टिको भावमा फर्कने गरेको स्थानीय बताउँछन् । 

धार्मिक रुपमा समेत महत्वपूर्ण मानिएको यो तालमा धार्मिक पर्यटकहरुको पनि भीड लाग्ने गरेको छ ।   

भनिन्छ पाँच पाण्डव बनबासमा रहेको बेला यस तालमा पुगेका थिए ।  बर्जु ताल केही वर्ष अगाडी संरक्षण अभावमा उजाड र घाँसे मैदानको रुपमा थियो । यहाँ नेपाली सेनाले आकर्षक शिवको मन्दिर तालकोबीचमा निर्माण गरिदिएका छन् । यस कारण पनि यो तालको धार्मिक महत्व अझ बढेको छ ।   

झापा, मोरङ र सुनसरीका मानिसहरुको गतिलो पिकनिक स्पर्ट हो बर्जु ताल । हिजोआज पूर्वी पहाडका मानिसहरु पनि तालको सुन्दरता हेर्न आउने छन् । 

सिमसार क्षेत्रको रुपमा रहेको यो क्षेत्रलाई पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले भ्यू टावन निर्माण गर्न लागिएको छ । एक करोड  ५० हजार रुपैंयाको लगानीमा टावर निर्माण गर्न लागिएको बर्ज गाँउपालिकाका अध्यक्ष बिनोद चौधरीले बताए ।  ‘भ्यू टावर निर्माणको प्रक्रिया अघि बढेको छ,’ उनले भने ‘टावर निर्माण पश्चात यहाँको प्रर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिएका छौँ ।’ आगामी दिनमा चिडिया घर निर्माण गर्नले उदेश्यले गुरुयोजना समेत तयार गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =