पूर्वपश्चिम राजमार्गअन्तर्गत भाषी सडकखण्ड अवरुद्ध

पुष २, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत भाषी सडकखण्ड अवरुद्ध भएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र सवारी चालकलाई कारवाहीको गर्नुपर्ने माग राख्दै सो सडकखण्ड आज अवरुद्ध गरिएको हो ।   

भीमदत्तनगरपालिकाको सुकासालमा गड्डाचौकीतर्फ गइरहेको डिएल १ आरटी ८९४२ नम्बरको जीपले विपरीत दिशाबाट आइरहेको म २ प ९४९५ नम्बरको मोटरसाइकललाई मङ्गलबार ठक्कर दिँदा मोटरसाइकल चालक भगतपुरका ४९ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको थियो । 

मृतकका परिवार र स्थानीयवासीले सो सडकखण्डमा टायर बालेर राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले  शव महाकाली अस्पतालमा परीक्षण र राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 6 =