उपेन्द्र यादवसंगै मोहम्मद इस्तियाक राईले पनि दिए मन्त्री पदबाट राजीनामा

पुष ८, काठमाडौँ । उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवसंगै सहरी विकास मन्त्री मोहमद इस्तियाक राईले पनि मन्त्री पदबाट राजिनामा दिएका छन् ।   

समाजवादी पार्टीबाट मन्त्री बनेका यादव र राईले केहीबेरअघि विज्ञप्ती मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । 

संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि यादवको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =