हतियारसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

पुस १४, मोरङ । प्रहरीले मोरङबाट बिशेष सुराकीको आधारमा विप्लव समूहका तीन जना कार्यकतालाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाइँ भनिने नरेश चौलागाइँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल रहेको प्रहरीले जनाएका छन् ।   

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका चौलागाइँ समूहका मोरङ प्रमुख हुन् ।   

Image result for हतियारसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

पक्राउ परेका उनीहरुको साथबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल  र ब्रिटिस ३०३ लेखिएको गोली पनि फेला पारिएको छ ।   

हाल उनीहरुमाथी अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।    

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =