विद्या भट्टराईले लिइन् सपथ

पुष १, कास्की । मंगलबार प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले शपथ ग्रहण गरेकी छिन् ।   

गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट सांसद पदमा बिजयी भएकी भट्टराईलेले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।  उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले शपथ ग्रहण गराएको संसद सचिवालयले जनाएको छ । 

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउँदै आएपनी यस समयमा सभामुखकाे पद रिक्त  भएकोले उनलाई उपसभामुख तुम्बाहाम्फेले सपथ ग्रहण गराएकी हुन् ।   

Image result for विद्या भट्टराईले लिइन् सपथ

संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ ।   

सांसद भट्टराईले उपनिर्वाचनमा आफ्नो  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + one =