पोखरामा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु

मंसिर १५, कास्की । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आज बिहान ८ः४५ बजेको समयमा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।   

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन  जनाको घटना स्थलमै मृत्यु भएको र दुई जना घाईतेको पछि मृत्यु भएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए । 

मृत्यु हुनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् । अहिले प्रहरी तथा स्थानीय मिलेर पुरिएकाहरुलाई निकालेर पोस्टमार्फतको तयारी भइरहेको प्रहरीले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =