रोजगारीका लागि विदेशिएका मध्ये ७० प्रतिशत अदक्ष श्रमिक

पुस ०८, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् ।   

सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ हजार बढी अदक्ष रहेका छन् । 

गएको मङ्सिरमा ५६ हजार ८१० जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा महिना ३१ हजार १८७ अदक्ष श्रमिक विदेश गएका छन् । यसैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६ जना छन् भने अर्धसीप भएका पाँच हजार ७४५ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ ।   

2019-12-24-6013

त्यसैगरी व्यावसायिक सीप भएका ७५ जना र विशिष्ट सीप भएका सात जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =