राजस्व अनुसन्धान विभागद्धारा २५ जनाविरुद्ध मुद्दा दायर, यस्तो छ आरोप

पुस १३, काठमाडौं । राजस्व अनुसन्धान विभागले सिराहा नगरपालिका वडा नं.१ स्थित गोमती गुट्खा उद्योगका संचालक मोहन महतोसहित ३ जना विरुद्ध सिराहा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
राजस्व विभागले संचालक महतो, सुपरभाइजर राजाराम चौधरी र उद्धव कुमार महतोलाई राजस्व चुहावट गरेको अभियोगमा ५१ करोड ९३ लाख विगो कायम गरी विगोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दावी लिई जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
त्यस्तै, राजस्व विभागले झुट्टा तथा नक्कली (VAT) विल प्रयोग गरी राजस्व छलि गर्ने जे.बि. सोलुशन प्रा.लि.का संचालक जनार्दन भण्डारी र फिरोज मास्केसहित ५ जनाले राजस्व चुहावट गरेको अभियोगमा रु ३,७१,४६,९०५ रुपैया विगो कायम गरी विगोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैदको मागदावी लिई गत पुस ९ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

त्यस्तै, विभागले सि. आर. ट्रेडिंगको फर्म प्रोप्राईटर रिंकी चौधरी साहको नाममा दर्ता गरी सर्लाही जिल्ला मलंगवा न.पा-४ भएका उक्त फर्ममा मुख्य कारोबार गर्ने दिनेस राय समेत ७ जनालाई मासु जन्य पदार्थ समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा १ करोड ५ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मकी प्रोप्राईटर रिंकी चौधरी र उक्त र्फमको मुख्य कारोबारी दिनेश रायलाई ६३ लाख पचासी हजार समेत विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा गत पुस ११ गते मुद्दा दायर गरिएको छ ।
भने, विभागले गत पुस ११ गते नै काठमाडौं जिल्ला नागार्जुन न.पा-१० स्थायी घर भएका दिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनी प्रा.लि.का संचालक बासुदेब मरहठ्ठासहित १० जनालाई फ्रेन्च फ्राइज समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३१ लाख ८९ हजार तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मका संचालकहरु ४ जनालाई २२ लाख ३९ हजार विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा गते मुद्दा दायर गरिएको छ ।
प्रेस विज्ञप्ती
१.मिर्चौंया, सिराहा नगरपालिका वडा नं. -१ स्थित गोमती गुट्खा उद्योग, (स्था.ले.नं. 600866860) का संचालक मोहन महतो समेत ३ जनालेराजस्व चुहावट गरेको अभियोगमा ५१ करोड 9३ लाख विगो कायम गरी विगोको दोब्बर सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिईसिराहा जिल्ला अदालतमा मिति 2076-09-13 गतेमुद्दा दायर।
गोमती गुट्खा उद्योग, (स्था.ले.नं. 600866860)मिर्चौंया, सिराहाकासंचालकमोहन महतो, सुपरभाइजर राजाराम चौधरी र उद्धव कुमार महतो ले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व नतिर्ने एव कम तिर्ने उद्देश्य राखि उत्पादित सुर्तिजन्य पदार्थ गुट्खाको प्याकेटमा अन्तःशुल्क स्टिकर टाँस नगरी, गुट्खा विक्री गर्दा प्रचलित कर कानून बमोजिम कर वीजक समेत जारी नगरी कारोबार लुकाई वास्तविक कारोबार भन्दा न्यू कारोबारको विवरण आन्तरिक राजस्व कार्यालय, लाहानमा पेश गरी सोही बमोजिमकम राजस्व बुझाई उक्त उद्योगकाले नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने अन्तःशुल्क, आयकर तथा मु.अ.कर समेत चुहावट गरी राजस्व छलि गरेको देखिँदा उक्त कार्य राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा ३ ले निषेधित कार्य गरी सोही ऐनको दफा ४ (क) र(ख)बमोजिमको कसुरजन्य कार्य गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम हुने विगो गोमती गुट्खा उद्योगले रु. 51,93,19,323.07(अक्षरुपी एकाउन्न करोड त्रीयानब्बे लाख उन्नाइस हजार तीन सय तेईस रुपैया पैसा सात मात्र)राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले गोमती गुट्खा उद्योग, (स्था.ले.नं. 600866860) मिर्चौंया, सिराहाकासंचालकमोहन महतो, सुपरभाइजर राजाराम चौधरी र उद्धव कुमार महतोलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २३ को उपदफा(१)वमोजिम विगो रकम रु. 51,93,19,323.07असुल उपर गराई विगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन माग दावी लिई सिराहा जिल्ला अदालतमा मिति २०७६।०९।13 गते मुद्दा दर्ता गरिएको ।
२.झुट्टा तथा नक्कलीVATविल प्रयोग गरी राजस्व छलि गर्नेजे.बि.सोलुशन प्रा.लि. (स्थायी लेखा नम्वर 602408039) का संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्के समेत ५ जनालेराजस्व चुहावट गरेको अभियोगमारु.3,71,46,905।- विगो कायम गरी विगोकोदोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैदमागदावीलिईमिति 2076-09-0९ गते काठमाण्डौजिल्ला अदालतमा मुद्दा दर्ता गरिएको ।
जे.बि.सोलुशन प्रा.लि. (स्थायी लेखा नम्वर 602408039) ले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको देखिएको । प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), (च) र (छ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ रु.1,28,78,095।-रआयकर तर्फ रु. 2,42,68,810।- राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, 2052 को दफा २(छ१) बमोजिम हुने जम्मा विगो रु. 3,71,46,905।- (अक्षरुपी तीन करोड एकहत्तर लाख छयालीस हजार नौ सय पाँच रुपैंया)राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले जे.बि.सोलुशन प्रा.लि.का संचालकद्वय जनार्दन भण्डारी र फिरोज मास्केलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (सं स).को दफा ३ र दफा ४ मा निषेधीत एवं सोही दफा ४ को खण्ड (क) र (ख) मा परिभाषीत तवरको कसुरजन्य कार्यमा सहयोग गरी विगो रकम रु. 3,71,46,905।- असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी३ वर्षसम्म कैद सजाय हुन तथा राजस्व चुहावटमा मुख्य कसुरदारलाई सहयोग गरी मतियार भइ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (सं स).को दफा २३ को उपदफा (२) वमोजिमको कसुर गरेकोले डि.एल श्रेष्ट एण्ड एशोसियटस्का लेखा परिक्षक डम्बर लाल श्रेष्ठ तथा हाईवे लिंक प्रा.लि.काकर्मचारी देवराज अधिकारी र अभिषेक कुमार आचार्यलाईसोही ऐनको दफा २३ को उपदफा (२) वमोजिम सजाय हुन माग दावी लिई काठमाण्डौजिल्ला अदालतमा मिति २०७६।०९।०९ गते मुद्दा दर्ता गरिएको ।
३.सि आर ट्रेडिंग (स्था.ले.नं. ६०७७७२८७२) को फर्म प्रोप्राईटर रिंकी चौधरी साहको नाममा दर्ता गरी सर्लाही जिल्ला मलंगवा न.पा. -४ भएका उक्त फर्ममा मुख्य कारोबार गर्ने दिनेस राय समेत ७ जनालाई मासु जन्य पदार्थ समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा १ करोड ५ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मकी प्रोप्राईटर रिंकी चौधरी र उक्त र्फमको मुख्य कारोबारी दिनेश रायलाई६३ लाख पचासी हजार समेत विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति 2076-09-11 गते मुद्दा दायर गरिएको।
सि आर ट्रेडिंग (स्था.ले.नं. ६०७७७२८७२) ले भारतबाट ग्रिन पिज समेतका सामानहरु भन्सार कार्यालयमा घोषणा फरक गरी र मासुजन्य पदार्थ घोषणा नैं नगरी भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम विगो जम्मा रकम रु.१,०५,९९,१७०।- (अक्षररुपी एक करोड पाँच लाख उन्नानसय हजार एक सय सत्तरी मात्र) राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले राजस्व चुहावट गरेको कसुरमा सि आर ट्रेडिंगका प्रोप्राइटर रिंकी चौधरी तथा उक्त र्फमको मुख्य कारोबारी दिनेश राय,UP 83AT 9647नम्वरको भारतीय ट्रकका कर्मचारी तौसिप, भन्सार एजेन्ट प्रतिनिधि नारायण कुमार श्रेष्ठतथा सर्लाही भन्सार कार्यालयका नायब सुब्बाद्वय पुरुषोत्तम देवकोटा र गणेश चौधरी तथा भन्सार अधिकृत राजेश कुमार दत्तलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,2052 को दफा ३ ले निषेधित गरेको ऐ ऐनको दफा ४(क),४(ख) तथा ४(ग) बमोजिम कसुर गरी राजस्व चुहावट गरेकोद्ये सोही ऐनको दफा २३ को उपदफा (१) वमोजिम विगो रकम रु.१,०५,९९,१७०।- र भन्सार कार्यालयमा घोषणा गरेको भन्दा कम परिमाण पैठारी गरी तथा भन्सार घोषणा नै नगरेको र चोरी पैठारी गरी मालवस्तु आयात गरीविदेशी विनिमय अपचलन गरेको देखिंदा उक्त फर्मकी प्रोप्राईटर रिंकी चौधरी र उक्त र्फमको मुख्य कारोबारी दिनेश रायलाई उक्त कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन,२०१९ को दफा ९ग को कसुर गरेको देखिंदा सोही ऐनको दफा १७(१) बमोजिम अबैध रुपमा विदेशमा भुक्ताानी गरेको रु ६३,८५,६९८।०० समेत गरी राजस्व चुहावटको हकमा विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन र विदेशी विनिमयको हकमा विगोको तेब्बर सम्म जरिवाना हुन मागदावी गरिएको तथाबरामदी मालबस्तु तथा ढुवानी गर्नेUP 83AT 9647नं.को भारतीय ट्रक राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३ बमोजिम जफत हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०९।११ गते मुद्दा दर्ता गरिएको ।
४.काठमाडौं जिल्ला नागार्जुन न.पा. -१० स्थायी घर भएका दिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनीप्रा.लि.(स्था.लेख.नं. ६०२४१३७५४०) का संचालक बासुदेब मरहठ्ठा समेत १० जनालाई फ्रेन्च फ्राइज समेतका सामानहरु भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३१ लाख 89 हजार तथा विदेशी विनिमय अपचलनको कसुरमा उक्त फर्मका संचालकहरु ४ जनालाई 22 लाख ३९ हजार विगो कायम गरी काठमाण्डौ जिल्ला अदालतमा मिति 2076-09-11 गते मुद्दा दायर गरिएको ।
दिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनीप्रा.लि.(स्था.लेख.नं. ६०२४१३७५४०) ले भारतबाट फ्रेन्च फ्राइज समेतका सामानहरु फरक परिमाणमा घोषणा गरी र वफ देण्डरलाइन उल्लेख भएको गाइको मासु समेत घोषणा नै नगरी भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) बमोजिम विगो रकम रु. 31,89,608।- (एकतिस लाख उनानब्बे हजार छ सय आठ) राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले उक्त कसुरमादिप ज्योती ग्रुप एण्ड फुड प्रोडक्टस कम्पनीका संचालकहरु बासुदेव मरहठ्ठा, विष्णुशरण दाहाल, आजिल जोशी, अरविन्द कुमार रिमाल, ट्रक चालकभारतिय नागरिक चन्द्रविर सिंह,भन्सार ऐजेन्ट प्रतिनिधीनारायण कुमार श्रेष्ठ, दिनेश राय तथासर्लाही भन्सार कार्यालयका नायब सुब्बाद्वय पुरुषोत्तम देवकोटा र गणेश चौधरी तथा भन्सार अधिकृत राजेश कुमार दत्तलाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,2052 को दफा ३ ले निषेधित गरेको ऐ ऐनको दफा ४(क),४(ख) तथा ४(ग) बमोजिम कसुर गरी राजस्व चुहावट गरेकोद्ये सोही ऐनको दफा २३ को उपदफा (१) वमोजिम विगो रकम रु.31,89,608।- र भन्सार कार्यालयमा घोषणा गरेको भन्दा कम परिमाण पैठारी गरी तथा भन्सार घोषणा नै नगरेको र चोरी पैठारी गरी मालवस्तु आयात गरीविदेशी विनिमय अपचलन गरेको देखिंदा उक्त फर्मका संचालकहरु बासुदेव मरहठ्ठा, विष्णुशरण दाहाल, आजिल जोशी र अरविन्द कुमार रिमाललाई विदेशी विनिमय (नियमित गर्ने) ऐन,२०१९ को दफा ९ग को कसुर समेत गरेको देखिंदा सोही ऐनको दफा १७(१) बमोजिम अबैध रुपमा विदेशमा भुक्ताानी गरेको रु.22,39,257।- समेत गरी राजस्व चुहावटको हकमा विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुन र विदेशी विनिमयको हकमा विगोको तेब्बर सम्म जरिवाना हुन मागदावी गरिएको तथा बरामदी मालबस्तु तथा ढुवानी गर्ने भारतीय ट्रक राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३३ बमोजिम जफत हुन माग दावी लिई काठमाण्डौ जिल्ला अदालतमा मिति २०७६।०९।११ गते मुद्दा दर्ता गरिएको ।
सूचना अधिकारी
राजस्व अनुसन्धान विभाग








