नेकपाका नेता वामदेवलाई तीन अधिकार !

मंसिर २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई मुख्य तीन अधिकारको व्यवस्थापनसहित उपाध्यक्ष बनाउने गरी केन्द्रीय सचिवालयले स्थायी समितिमा विधान संशोधन प्रस्ताव लैजाने भएको छ । 

एक वर्षपछि २९ मंसिरमा बोलाइएको स्थायी समिति बैठकमा केन्द्रीय सचिवालयले प्रस्तावित उपाध्यक्षका तीन अधिकार हुने गरी विधान संशोधनको प्रस्ताव लैजाने गरी प्रस्ताव तयार पारेको हो । पार्टी कार्यालय धुम्बाराहीमा २३ मंसिरमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने र विधानको प्रस्तावनाको केही नीतिगत अस्पष्टता सच्चाउन विधान संशोधन गर्ने निर्णय गरेको थियो । 

मंसिर २७ गते बोलाइएको सचिवालय बैठकमा उपाध्यक्षका मुख्य तीन अधिकार रहने गरी विधानमा व्यवस्था गरिँदै छ, प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘अध्यक्ष सहयोग गर्ने, अध्यक्ष नभएको अवस्थामा बैठकको अध्यक्षता गर्ने र पार्टीले दिएका जिम्मेवारीहरु पूरा गर्ने तीन अधिकारको व्यवस्था प्रस्ताव गरिएको छ ।’ याे समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =