ओपोको प्राविधिक भिजन प्रस्तुत गरिँदै

मंसिर १९, काठमाडौं । ओपोले डिसेम्बर १० मा चीनको शन्–चन्मा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ ।   

‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्त अन्तरगत आयोजित हुने ओपो डेले फाइभजी यूगमा अत्याधुनिक प्रविधि र सेवाहरुको ब्यापक तथा गहन एकिकरणका बारेमा प्रकाश पार्ने ओपोले जनाएको छ ।   

फाइभजी, एआई, क्लाउड, बिग डाटा लगायत अन्य अत्याधुनिक प्रविधिको तीव्र विकास तथा समायोजनले उद्योगलाई नै नयाँ आयाम दिने तीव्र सम्भावना रहेको अवस्थामा कार्यक्रमले औद्योगिक क्षेत्रका विशेषज्ञहरुका साथमा प्रविधिको भविष्य पनि केलाउने जानकारी दिइएको छ ।   

पछिल्लो बर्ष ओपोले आन्तरिक रुपमा प्राविधिक प्रदर्शनीको आयोजना गर्दै आफ्नो आरएण्डी क्षमता र विभिन्न क्षेत्रमा प्राप्त अन्वेषणका बारेमा जानकारी दिएको थियो । सोही कार्यक्रममा विभिन्न उद्योगका विशेषज्ञहरुका साथमा मोबाइल उपकरणमा भित्रिने सम्भावित नयाँ प्रविधि लगायतका बारेमा गहन अन्तरक्रिया पनि आयोजना गरेको थियो । 

पछिल्लो बर्ष आयोजित सो कार्यक्रमबाट उत्प्रेरित हुँदै आपो ईन्नो डे, यस पटक वैश्विक मिडिया, बिश्लेषक, औद्योगिक पार्टनर्स लगायत सर्वसाधारणका लागि पनि खुल्ला गरिएको बताइएको छ ।   

यस बर्षको कार्यक्रममा ओपोले फाइभजी, एआर र आईओटी लगायत कञ्जसमर टेक्नोलोजिज्का क्षेत्रमा हात पारेका आफ्ना नौला अवधारणा तथा उपलब्धी प्रस्तुत गर्नेछ । कार्यक्रमले कम्पनीका प्रमुख औद्योगिक पार्टनर्सलाई प्रविधिको भविस्यका बारेमा आफ्ना धारणा प्रस्तुत गर्न मञ्च पनि प्रदान गर्ने छ ।   

ओपो ईन्नो डेले उद्योगका विशेषज्ञहरु, पार्टनर्सहरु र अपिनियन लिडर्सहरु लाई आमन्त्रित गर्दै फाइभजीले ल्याउने ब्यापक परिवर्तन माथि प्रकाश पार्ने प्रयास पनि ओपोले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =