दुनियाँलाई तरंगित गर्ने हृदयविदारक १० तस्वीर

पुस ७, काठमाडौं । तस्वीर बोल्दैन तर त्यसका भावहरु महशुस गर्न सकिन्छ । कुनै तस्वीरहरु रोचक हुन्छन् त कुनै हृदयविदारक । तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो।
अहिले सामाजिक सञ्चालका कारण पनि एकै ठाउँबाट विश्व नियाल्न सकिने अवस्था छ, फोटोमार्फत् । विश्वभर एक मिनेट मै पनि लाखौँ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भइरहेका हुन्छन्।
यहाँ प्रस्तुत गर्न लागिएको तस्वीरहरु पनि यस्तै छन्, हृदयविदारक, कारूणिक ।

माथिको तस्वीरमा २०१४ अक्टोबरमा टर्की सिरिया सिमाना नजिक आईएस आतंकवादीले गरेको हवाई हमलाको ठाउँमा उभिएका एक सैनिक देख्न सकिन्छ । संयुक्त राज्य अमेरिका र धेरै अरब राष्ट्रले आफ्ना लडाकुलाई कमान्ड, ट्रेनिङ र पुनः समर्थन गर्ने क्षमताका लागि आइएसआइएसमाथि बम विस्फोट गरिरहेको थियो ।
यो तस्वीर २०११ डिसेम्बरमा कायरोको ताहिर चोकमा घातक झडपको क्रममा इजिप्टियन सैनिकले एक प्रदर्शनकारीलाई पक्राउका क्रममा कैद गरिएको हो । जसमा महिलालाई लछारपछार गर्दै कुटपिट गर्न लागिएको दृश्य देख्न सकिन्छ ।
तस्बिरमा रोहिंग्या आप्रवासी मे २०१५ मा थाई सेनाको हेलिकप्टरले खसालेका खाद्यान्न लिन डुंगााबाट हाम्फालेको देख्न सकिन्छ। म्यानमारको सेनाले जातीय मुस्लिम अल्पसंख्यक विरुद्ध हिंसा अभियान चलाएपछि ७ लाख ४० हजार भन्दा बढी रोहिंग्या बंगलादेशमा भागेका थिए ।
ग्रीस टापु किनारमा डुबेको यो बालकको तस्बिर संसारभर भाइरल भएको थियो । २ वर्षका ती बालक १२ शरर्णाथीमध्ये एक थिए । जुन त्यस दिन यात्रा गर्ने प्रयासमा असफल भएर डुबे ।
यो तस्बिरमा बेयनाजार मोहम्मद नजर अफगानिस्तानको कुर्गस्थित अस्पतालको अपरेटिङ बेडमा मृत अवस्थामा छन् । अफगान सेनाले २०१५ मा हवाई सहयोगको लागि आग्रह गरेपछि अस्पताल दुर्घटनाग्रस्त भएको थियो ।
तस्बिरमा दुई घाइते महिला बेल्जियमको ब्रसेल्सको एरर्पोटमा बसेका छन् । मार्च २०१६ मा भएको विस्फोटको जिम्मेवारी आइएसआइएसले लिएको थियो ।
जुन २०१५ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा सजाय सुनाइएको बेला पूर्व ओलम्कि स्प्रिन्टर ओस्कर पिस्टोरियस आफ्नो कृत्रिम खुट्टा बिना हिँडेको यो तस्बिर निकै भाइरल भएको थियो ।
यो तस्बिरमा २०१६ अगस्तमा सिरियाको अलेप्पोमा हवाई हमलापछि एम्बुलेन्समा एक जवान केटालाई देखाइएको छ । हवाई हमलाले ध्वस्त भएको घरमा उनी आफ्ना आमा बुबा र दुई भाइ र बहिनीसँग थिए ।
यो २०१६ मा क्याट स्टबलफिल्डले तस्बिरका लागि पोज दिँदै गरेको तस्बिर हो । अनुहार प्रत्यारोपण गर्न उनी क्लिनिकमा बसेकी थिइन् । उनले २०१४ मा आफूले आफैलाई गोली हानेकी थिइन् ।
यो तस्बिरमा मे २०१७ मा काराकास, भेनेजुएलामा सरकार विरोधी प्रदर्शनको क्रममा एक प्रदर्शनकारीलाई जलाइएको देख्न सकिन्छ । भिडन्तमा पुलिसको मोटरसाइकल ग्यास ट्याङ्की विस्फोट भएको थियो ।
तस्बिर स्रोत: सीएनएन अनलाइन








