३३ वर्षे प्राध्यापकलाई मृत्युदण्ड

पुस ६,पाकिस्तान ।   पाकिस्तानको दक्षिणी शहर मुल्तानमा बहाउद्दीन जकारिया विश्वविद्यालयका एक प्राध्यापक जुनैद हफिजलाई ईशनिन्दाको आरोपमा अदालतले मृत्युदण्डको सजाय तोकेको छ । 

३३ वर्षका जुनैद अफिजलाई सन् २०१३ को मार्च मा पक्राउ गरिएको थियो  । उनीमाथि सोसल मिडियामा पेगम्बर मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको आरोप थियो । 

अतिरिक्त जिल्ला र सत्र न्यायाधीसले जुनैद हफिजमाथि पाँच लाख जरिवाना पनि तोकेको छ । ईशनिन्दाको आरोपलाई पाकिस्तानमा निकै गम्भीरताका साथ लिइन्छ । 

हफिजका पहिलो वकिल, राशिद रहमानले सन् २०१४ उनको मुद्दा लड्नका लागि तयार थिए तर उनको गोली हानी हत्या गरिएको थियो । त्यसपछि यो मुद्दा लड्नका लागि कोही पनि वकिल तयार भएनन् । पछि जब अर्का एक वकिल मुद्दा लड्न तयार हुँदा उनलाई पनि धम्की दिइएको बताइन्छ  । 

मुद्दाको सुनुवाई सन् २०१४ मा सुरु भयो जसमा अभियोजन पक्षको तर्फबाट १३ व्यक्तिले बयान दिए । प्राध्यापकविरुद्ध बयान दिने व्यक्तिमा विश्वविद्यालयका शिक्षक, विद्यार्थी र पुलिसकर्मी थिए । 

यतिबेला जेलभित्र जुनैद हफिजमाथि अन्य कैदीले पटकपटक हमला गरे । 

मुल्तान सेन्ट्रल जेलमा बन्द जुनैद हफिजले अमेरिकामा फुलब्राइट स्कोलरशीपमा मास्टर डिग्री गरे र उनको विशेषज्ञता अमेरिकी साहित्य, फोटोग्राफी र थिएटरमा छ , 

पाकिस्तान फर्किएपछि उनी मुल्तानको बहाउद्दीन जकारिया विश्वविद्यालय (बीजेडयू) मा प्राध्यापक बने । 

हफिजका वकिलका अनुसार यो निर्णय ‘सबैभन्दा दुर्भाग्यपूर्ण’ हो र आफूले यसविरुद्ध अपिल गर्नेछन् । 

यसैबीच अभियोजन पक्षका वकिललले आफ्ना सहयोगीलाई मिठाई बाँडे साथै ‘अल्ला हो अकबर’ र ‘ईशनिन्दकका लागि मृत्युदण्ड’ को नारा लगाए । 

एमनेस्टी इन्टरनेशनलले यसलाई ‘निकै निराशाजनक र आश्चर्यजनक’ बताएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =