माैसमः अधिकांश भू-भागमा बदली, आज पनि वर्षा र हिमपात

मंसिर २९, काठमाडौं । हाल देशको अधिकांस भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ । आज देशको अधिकांस भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भू-भागमा हल्का वर्षा हुने संभावना छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २९ गते (आइतबार)
null
दिउँसो: देशको अधिकांस भू-भागहरुमा सामान्य बदली रहने छ । देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी पहाडी भू(भागको र १ र२ स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।
राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।
मंसीर ३० गते (सोमबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १ गते (मंगलबार)
दिउँसो: देशको केहि पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती: देशको केहि पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
केहि उच्च पहाडी सहित हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेकाले उच्च पहाडी सहित हिमाली भू(भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।








