घुस रकमसहित प्रहरी असई परे अख्तियारको फन्दामा

मंसिर १९, विराटनगर । विराटनगरस्थित घाँस चौकबाट प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल अख्तियारको फन्दामा परेका छन् ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले दाहाललाई सात हजार घुससहित बुधबार साँझ  पक्राउ गरेको हो । 

विराटनगरको गुद्री बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै सातहजार घुस लिने क्रममा मोरङ प्रहरीको सिआरभी टोली इन्चार्ज समेत रहेका दाहाल रंगेहात पक्राउ परेका हुन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *