चिवतनमा प्रहरीद्वारा शितलहर प्रभावितलाई मुडा वितरण
२०७६ पुस ४ गते

पुस ४, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा सुरु गरिएको क्लिन चितवन अभियान अन्तर्गत नयाँ कार्यको थालनी गरेको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लको अगुवाइमा नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शितलहर प्रभावितलाई मुडा (दाउरा) वितरण गरिएको छ ।
भरतपुर महानगसँगको सहकार्यमा वडा नम्बर २४, २७ र २८ मा पुगेर चितवन प्रहरीको पहलमा आज (शुक्रबार) दुई ट«क जाडोमा आगो ताप्ने मुडा वितरण गरिएको हो ।

सो क्रममा १ सय घर धुरीका ५ सय जना विपन्न समुदायलाई लाभ मिलेको जानकारी दिइएको छ ।
२०७६ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








