एमजी जेडएस इभी नेपालमा सार्वजनिक

मंसिर २६, काठमाडौं । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नक्साल शोरुमबाट प्रतिक्षित उक्त गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।

कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जानकारी दिएको छ ।
एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रि–बुकिङ खुलाएको थियो, जसमा नेपालबाट १५० भन्दा बढी बुकिड भइसकेको छ ।
विद्युतीय एसयूभी एमजी जेडएसले १ सय १० किलोवाट पावर र ३ सय ५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुन्छ ।
एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४ सय २८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याटी लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यो गाडीको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ ।
‘हाम्री नयाँ विद्युतीय एसयुभी एसयुभी एमजी जेडएस इभी नेपालमा र्सावजनिक गर्न पाउँदा निकै उत्साहित छौँ । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीले बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौँ’, पारामाउन्ट मोटर्स प्रालिका जनरल म्यानेजर सचिन अर्यालले कार्यक्रममा भने, ‘हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौँ र वितरण प्रत्येक महिना जारी रहनेछ ।’
एमजी, मोरिस ग्यारेज १६ वर्ष पुरानो ब्रिटिड ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ ।
यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३ हजार भन्दा बढी अर्डर प्राप्त भइसकेको तथा विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढी देशहरुमा बिक्री हुँदै आइरहेको कम्पनीले जनाएको छ ।








