धरानमा इलाम किबी एक्स्पो २०७६ सुरु

पुस ०४, सुनसरी । ईलामलाई धरानले र धरानलाई ईलामले प्रबद्धर्न गर्ने कार्य जारी राखेको छ । धरान उपमहानगरपालिका र ईलाम नगरपालिकाको भबिगी सम्बन्ध बिस्तार भएसंगै ईलामलाई धरानले र धरानलाई ईलामले प्रबद्धर्न गर्ने कार्य जारी राखेको हो ।   

यहि सन्दर्भमा बिहिबार धरानको छाताचौक रिजाल टासीको खाली जग्गामा ईलाम किबी एक्सपो २०७६ सुरु भएको छ । बिहिबार एक कार्यक्रमका बिच एक नंम्बर प्रदेशका उपसभामुख सारदा पोखरलले एक्स्पोको उद्घाटन गरेकी थिईन । ईलाम उद्योग बिणज्य  संघ ईलामको आयोजनामा एक्स्पो सुरु भएको हो । धरानको छाताचौकमा सुरु भएको एक्स्पो हिजो र आज दुई दिन चल्नेछ । 

एक्स्पोको उद्घाटन कार्यक्रममा पोखरेलले मानिसको जीवनमा जुनसुकै बेला पनि कृषी क्षेत्र आवश्यक पर्ने भएकाले कृर्षी र कृषकहरुलाई सपोर्ट गर्नु नेपाल सरकारको कतब्र्य नै बन्नु पर्नै बताइन् । कृषी ब्यवसायलाई राज्यले संरक्षण र सहुलियत दिनुपर्ने बताएकी थिइन् । सरकारले व्यवसायी मैत्री वातावरण बनाउन आग्रह गर्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएकी थिइन् ।   

पोखरेलले पहिले थुन्ने अनि पछि सुन्ने सरकारको नीतिले कृषी क्षेत्र अघि बढ्न नसक्ने बताइन् । उनले कृषी क्षेत्रले सरकारलाई विस्वास गर्ने वातावरण बनाउनु पर्छ पनि बताइन् । 

आयोजक संस्था ईलाम उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वर चिपालुले कृष्ँी तथा ब्यापार क्षेत्रमा सरकारको तर्फबट सहज उपलब्धता नभएका कारण मुलुकमा कृषी र व्यवसाय फस्टाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए भने कृषी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको पनि उनको गुनासो थियो ।   

एक्स्पोलाई धरान उपमहानगरपलिका,ईलाम उद्योग बाणिज्य संघ ईलाम व्यवस्थापन र सहयोगीको भुमिका खेलेको छ भने एक्स्पोमा ईलाका मुख्य उत्पादन किबी,आर्गेनिक ग्रीन टी, छुर्पी, ध्यु, ललिपप लगायतका करिब १५ स्टलहरु रहेको छ । 

एक्सपोमा किबी  मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ भने  सो व्यवसायमा आधुनिक प्रविधि भित्र्याउदै कृषी जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।  यसैबीच एक दशकअघिसम्म एका–दुई रोपिने किबी फल अहिले इलामको कूल भूभागको साढे १ प्रतिशतभन्दा बढी जमिनमा खेती हुन थालेको छ । 

किबीबाट मात्रै इलामले करिब २ करोड ५० लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९किवी जोन० का महासचिव गङ्गाबहादुर विष्टका अनुसार इलाममा एक सिजनमा करिब १ लाख केजीभन्दा बढी किवी उत्पादन हुन्छ ।   

औषतमा २ सय ५० रुपैयाँ केजी बिक्री गर्दा पनि अढाई करोडभन्दा बढी आम्दानी हुने उनको भनाइ छ । उनले भने–‘इलाममा झण्डै २० हजार रोपनीमा किवी खेती हुन थालेको जनाएको छ । इलाम जिल्लाको कूल क्षेत्रफल ६५७ दशमलव ५ वर्ग किलोमिटरमा  रातो र हरियो दुई प्रजातिको किवी खेती हुने  रहेको महासचिव विष्टको भनाई  छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =