चिसो बढेसगैँ निमोनिया हुने सम्भावना धेरै, बच्नका लागि यस्तो उपाय अपनाउनुहोस्

मंसिर २०, काठमाडौं । निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्दछन्। 

निमोनिया ५ वर्ष मुनीका बच्चाहरुको मृत्यको एक प्रमुख कारण हो। ५ वर्ष मुनिका  बाल बालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्यु यो रोगको कारणले मात्र हुन्छ। 

यदि उपयुक्त कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरी १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ। 

null

निमोनिया भनेको के हो ? 

निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ। कडा निमोनियाले मृत्यु पनि हुन सक्छ। 

निमोनियाको रोकथाम तथा मृत्यु घटाउन प्रभावकारी बालबचाउ कार्यक्रमहरुः 

१. बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने। त्यसपछि आमाको दुधको साथै थप खाना खुवाउने। 

२. नियमित खोपहरु लगाउने। 

३. नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने। 

४. धुमपान नगर्ने, घर भित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने। 

निमोनियाको उपचार 

निमोनियाको उपचार शिघ र सही औषधीबाट गर्नु पर्दछ। 

शिघ्र र सही औषधी उपचारले निमोनियाबाट हुने अधिकारी मत्युलाई रोक्छ। 

कडा निमोनियाबारे जनचेतना र उपचारको पहुंच सर्वसाधारणको साथै दुर्गम समुदायमा पु(याउन जरुरी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *