‘घरको याद कति आउँछ कति तर, कसरी जाऊँ ?’

काठमाडौं । ९ वर्षसम्मको यौनशोषणबाट मुक्ति पाएपछि दुईवटा दसैं बिते तर उनी घर गएकी छैनन् । काठमाडौंमै जागिर खाँदै बसेकी छन् । ‘गाउँको याद कति आउँछ कति तर, छरछिमेकले के भन्लान् भनेर गएकी छैन,’ उनले भनिन्, कहिल्यै घर फर्कन्न होला ।’ 

धर्मगुरु टुल्कु लामा भनिने ज्ञानबहादुर लामाले उपचार गर्ने नाममा दक्षिणकालीको चाल्नाखेलस्थित पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बामा बन्धक बनाएर उनीमाथि यौनशोषण गरेका थिए । उनैले टुल्कुकै मोबाइल फोनबाट सुटुक्क दिएको जानकारीका आधारमा आफ्न्तले प्रहरीको सहयोगमा उद्दार गरेका थिए । मुद्दा चले पनि काठमाडौं जिल्ला अदालतले टुल्कुलाई सफाइ दिएको थियो । 

झन्डै एक वर्षपछि गत असोजमा उच्च अदालत पाटनले ‘पीडक टुल्कु लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ जरिवाना गराउनू’ भनी फैसला सुनाएको छ । त्यसपछि उनलाई न्याय पाएको महसुस भएको त छ तर त्रास हटेको छैन । 

null

अहिलेसम्म पनि उनी राम्ररी बोल्न सकेकी छैनन् । गाउँ जान डराउँछिन् । देउसी खेल्ने बहानामा १८ वर्षकी किशोरीलाई बलात्कार गरेको अभियोगमा अनेरास्ववियूका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राई काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *