‘छ माया छपक्कै’ले पुरा गर्यो ५१ दिनः खुशीयालीमा अनाथ बालबालिकालाई सहयोग

पुस ४, काठमाडौँ । असोज २४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ले ५१ दिन पुरा गरेको छ ।
दिपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’ले राजधानीका ६ वटा हलहरुमा प्रदर्शनको ५१ दिन पुरा गरेको हो ।
काठमाडौँको गोपी, गंगा, अष्ट, गुण, सिडिसी र बिएसआरमा यस चलचित्रले ५१ दिन पुरा गरेका हो । चलचित्रले ५१ दिन पुरा गरेको अवसरमा चलचित्रका निर्माण टिमले सामाजिक सेवामा सहयोग गरेर मनाएको समाजिक संजाल मार्फत जानकारी गराएका छन् ।

बिहिबार सामाजिक संजाल फेसबुकबाट हाँस्य कलाकार तथा अभिनेता दिपक राज गिरी एक स्टाटस अपडेट गरेर चलचित्रले ५१ दिन मनाएको जानकारी गराउँदै यस खुशीयालीमा पुष ३ गते शान्ति आधारभुत विद्यालय नवलपुरका अनाथ बालबालिका लाई ३ लाख रुपैयाँ सहित ज्याकेट लगायत न्यायो कपडाहरू नेपाली बाजे टिम मार्फत प्रदान गरेको जानकारी गराएका छन् ।








