नायिका ऋचाले गरिन् विवाह

मंसिर २२, काठमाडौं । नायिका तथा मोडल ऋचा शर्माले आफ्नो प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरेकी छिन् । राणा लबीम मलका म्यानेजर हुन् । शनिबार उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।   

ऋचाले आफ्नो विवाहको तस्विर सार्वजनिक गरेकी छिन् । केही दिनपछि नव दम्पतिले विवाहको रिसेप्सन पार्टी दिँदैछन् ।   

ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल तथा उद्घोषक समेत हुन् । उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन् । 

उनले नेपाली चलचित्र फस्ट लभ ९२०१०० बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन् । त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्।   

सन् २०१४ मा लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो। 

त्यस्तै सन् २०१२ मा चलचित्र भिसा गर्लमा समेत उनले काम गरेकी थिइन् । सन् २०१४ आलोचनात्मक प्रशंसित चलचित्र ‘टलकजङ भर्सेस टुल्के’ मा पनि काम गरेकी थिइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =